दफा ६१
गैरकानूनी भेला रोक्ने वा भङ्ग गर्ने आदेश उल्लङ्घन गर्न नहुने

(१) अधिकार प्राप्त अधिकारीले कुनै गैरकानूनी भेलालाई रोक्न वा भङ्ग गर्न आदेश दिएकोमा कसैले त्यस्तो भेलामारहिरहन वा सहभागी हुन हुँदैन ।
(२) उपदफा (१) बमोजिम गैरकानूनी भेलामा रही रहने, सहभागी हुने वा सहभागी हुन आउने व्यक्तिलाई एक वर्षसम्म कैद वादश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।